जनस्वास्थ्य सरोकार, काठमाडौंँ । बलिउड महानायक अमिताभ बच्चनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण देखिएपछि उनी शनिबार राति नै मुम्बईस्थित नानावती अस्पताल भर्ना भएका छन् । अस्पतालमा भर्ना भएका अमिताभले तस्वीर र भिडियो शेयर गरेका छन् । उनले अस्पतालबाटै स्वास्थकर्मीको मनोबल उच्च बनाएका छन् । उनले भिडियोमा सोधेका छन् थाहा छ आजभोलि किन मन्दिरहरु बन्द छन रु ।
उनले स्वास्थकर्मीहरु सबै ईस्वरको रुप भएको बताएका छन् । उनले स्वास्थकर्मीको मनोबल उच्च बनाउदै तपाईहरु जीवनदायी बनेको बताएका छन् । यस्तै अमिताभका छोरा तथा अभिनेता अभिषेकलाई पनि कोरोना संक्रमण देखिएको छ ।
ऐश्वर्या राय बच्चनको कोरोना रिपोर्ट आयो
बलिउड अभिनेत्री तथा १९९४ कि विश्वसुन्दरी ऐश्वर्या राय बच्चन र जया बच्चनको कोरोना भाइरस ‘कोभिड – १९’ को परिक्षण रिपोर्ट नेगेटिभ आएको छ। समाचारमा जनाईएअनुसार परिवारका दुई सदस्यमा कोरोना देखिएपछि परिवारको जाँच गरिएकोमा एन्टीबडी जीनको जाँचमा रिपोर्ट नेगेटिभ आएको र स्वाबको रिपोर्टको पर्खाईमा रहेको जनाईएको छ । बलिउड महानायक अमिताभ बच्चन र छोरा अभिषेक बच्चनलाई हिजो शनिबार कोरोना संक्रमण देखिएपछि ऐश्वर्या र जयासहित परिवारका सबै सदस्य तथा कर्मचारीको कोरोना परीक्षण गरिएको थियो। भारतीय सञ्चारमाध्यमले दिएको खबरअनुसार उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो ।
प्रकाशित मिति: आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
