जनस्वास्थ्य सरोकार, पोखरा । गण्डकी प्रदेशमा काेराेना भाइरस (काेभिड १९) संक्रमितकाे संख्या १ हजार १९२ पुगेकाे छ । आज (आइतबार) बिहान थप १५ जनामा काेराेना संक्रमण पुष्टि भएसँगै त्यहाँ संक्रमित संख्या १ हजार १९२ पुगेकाे हाे ।
तनहुँका ६, पर्वतका २, बागलुङका २, नवलपुर, स्याङ्जा, गाेरखाका एक/एक जनामा संक्रमण पुष्टि भएकाे जानकारी दिइएकाे छ । त्यस्तै लमुङका २ जनामा पनि संक्रमण पुष्टि भएकाे छ । संक्रमित सबैलाई सम्बन्धित जिल्लामा रहेकाे आइसाेलेसनमा लैजाने तयारी भइरहेकाे त्यहाँकाे सामाजिक विकास मन्त्रालय अन्तर्गतकाे स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
गण्डकी प्रदेशमा उपचारपछि संक्रमणमुक्त भएर फर्कनेकाे संख्या ७३६ पुगेकाे छ ।
प्रकाशित मिति: आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

