जनस्वास्थ्य सरोकार, काठमाण्डाै । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्याले फेरि नयाँ रेकर्ड बनाएको छ । कोरोना भाइरसको महामारी विश्वभर तीव्र गतिमा फैलंदै जाँदा दैनिक सङ्क्रमितको संख्याले नयाँ कीर्तिमान बनाउँदै गएको छ । हिजो मात्रै विश्वभर दुई लाख ३० हजार ३ सय ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
एकै दिन नयाँ सङ्क्रमित थपिएको यो अहिलेसम्मकै धेरै हो । यसअघि दुई लाख २८ हजार १८६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । अमेरिका तथा दक्षिण पूर्वी एसियाली देशमा सङ्क्रमण तीव्र हुँदा दैनिक थपिने सङ्क्रमितको संख्या धेरै भएको संगठनले जनाएको छ ।
हिजो अमेरिकामा एक लाख ४२ हजार, दक्षिण पूर्वी एसियामा ३३ हजार, यूरोपमा १८ हजार, अफ्रिकामा १७ हजार तथा पूर्वी भूमध्यसागरमा १५ हजार भन्दा बढी सङ्क्रमित थपिएका छन् ।
हिजो विश्वभर कोभिड–१९ बाट पाँच हजार २ सय ८५ जनाको ज्यान गएकोमा अधिकांश उत्तर तथा दक्षिण अमेरिकी देशका रहेको डब्लुएचओले जनाएको छ । विश्वभर सङ्क्रमितको सख्या १ करोड ३० लाखभन्दा धेरै पुगेको वल्डोमिटरले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
