जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा औषधि उत्पादकहरुले ले ह्याण्ड स्यानिटाइजर उत्पादन कम्पनी दर्ता गर्न म्याद थप गरेको भन्दै औषधि ब्यवस्था विभाग अगाडी सोमबार विहान प्रदर्शन गरेका छन् । सरकारले गुणस्तरको सुनिश्चितता गरेर बिक्रीवितरण गर्नुपर्नेमा बिना दर्ता तीन महिना स्यानिटाइजर बिक्री गर्न दिने निर्णय गरेको भन्दै औषधि उत्पादकहरु आन्दोलनमा उत्रिएको संघका महासचिव विप्लव अधिकारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – ‘स्यानिटाइजर कम्पनी दर्ता गर्न ३ महिना समय थपिनु र गुणस्तर सुनिश्चितता नगरी बजारमा जथाभावी बिक्रिवितरण गर्न पाउनु जनताको स्वास्थ्य माथि गम्भिर खेलवाड हुनु हो ।’ नेपाली उत्पादकहरूले पुर्ण रुपमा गुणस्तरको सुनिस्चितता र दर्ता गरेर आफ्ना उत्पादन बजारमा बिक्रि गरिरहँदा विदेशबाट आयात हुने कुनै पनि उत्पादन दर्ता नगरी बजारमा बिक्रि गर्न पाउने यस निर्णयले नेपालि औषधि उद्योगलाई नै धरासायी बनाउने उहाँको भनाइ छ ।सरकारले तीन महिना म्याद थप गर्दा अवैध रुपमा स्यानिटाइजर उत्पादनको काम बढ्न सक्ने संघको दावी छ । विभागमा दर्ता भई स्वदेशमै उत्पादन हुने इथानोलको प्रयोग गरी करिब हाल ४० उद्योगले स्यानिटाइजर उत्पादन गरिरहेका छन्। । विभागले चैत ९ गते सूचना निकाली तीन महिना भित्र दर्ता प्रक्रियामा आउन आह्वान गरेको थियो । सूचना बमोजिम ४० वटा उद्योगले १ सय २० वटा स्यानिटाइजर उत्पादनका लागि दर्ता गरेका छन् ।
प्रकाशित मिति: सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
