जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा थप ११६ जनामा कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितहरुको संख्या १७,०६१ पुगेको छ ।
यसैगरी मंगलबार ३४ जना कोरोनामुक्त भएर घर फर्किएका छन । यो सँगै मुलुकमा कोरोनासंक्रमणबाट निको हुनेहरुको संख्या १०,३२८ पुगेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार नेपालमा हालसम्म कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।हालसम्म क्वारेन्टाइनमा २४,७१६ जना बसेका छन भने ६,६९५ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन । विगत २४ घण्टामा देशभरका २५ ओटा प्रयोगशालामा ४,३६१ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
