जनस्वास्थ्य सरोकार, जुम्ला। जुम्लामा कुपोषण दर घट्दो क्रममा रहेको छ। स्वास्थ्य कार्यालय जुम्लाको पाँच वर्षको तथ्यांक अनुसार कुपोषण घर घट्दो क्रममा रहेको हो ।
२०७२ सालमा एक वर्षमुनिका बालबालिका १० दशमलव छ प्रतिशत, एक वर्षदेखि दुई वर्षमुनिका १५ दशमलव चार प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका १२ दशमलव सात प्रतिशत कुपोषित थिए।
त्यसैगरी २०७३ मा एक वर्षमुनिका बालबालिका १२ दशमलव छ प्रतिशत, एक वर्षदेखि दुई वर्षमुनिका १२ दशमलव चार प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका १२ दशमलव छ प्रतिशत कुपोषित थिए। विसं २०७४ मा एक वर्षमुनिका बालबालिका १० दशमलव नौ प्रतिशत, एक वर्षदेखि दुई वर्षमुनिका १२ दशमलव सात प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका ११ दशमलव नौ प्रतिशत कुपोषित थिए ।
२०७५ सालमा एक वर्षमुनिका बालबालिका सात दशमलव दुई प्रतिशत, एक वर्षदेखि दुई वर्षमुनिका १० दशमलव आठ प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका नौ प्रतिशत कुपोषित रहेका थिए।
२०७६ मा एक वर्षमुनिका बालबालिका तीन दशमलव सात प्रतिशत, एक वर्षदेखि दुई वर्षमुनिका सात दशमलव आठ प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका पाँच दशमलव सात प्रतिशत कुपोषित छन्।
विसं २०७२ मा ६५, २०७३ मा १४८, २०७४ मा २९२, २०७५ मा १११ र २०७६ मा ८३ जना कुपोषित बालबालिकालाई स्वास्थ्य संस्थामै भर्ना गरी उपचार गरिएको जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले बताए।
कुपोषण न्यूनीकरण गरी पोषणयुक्त बनाउन नेपाल सरकार, कर्णाली प्रदेश सरकार र विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रम सञ्चालन गरिएको छ। रासस
प्रकाशित मिति: बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

