जनस्वास्थ्य सरोकार, काठमाडौं । गण्डकी प्रदेशमा थप २४ जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।
गण्डकीको प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका संक्रमितमध्ये नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा ११, म्याग्दीमा ९, तनहुँमा तीन र गोरखा तथा कास्कीमा एक-एक जना छन्।
कास्कीको पोखरास्थित क्षयरोग उपचार केन्द्र तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवनस्थित भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन्। उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको निर्देशनालयले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
निर्देशनालयका अनुसार गण्डकीमा कोरोना संक्रमितको संख्या एक हजार २२८ पुगेको छ।
प्रकाशित मिति: बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
