जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरसविरुद्ध अमेरिकी कम्पनि मोर्डनाले विकास गरिरहेको भ्याक्सिन प्रभावकारी देखिएको छ । पहिलो चरणको मानव परीक्षणका क्रममा रोग प्रतिरोधात्मक क्षमता विकास गर्न प्रभावकारी देखिएको हो ।
मोर्डनाले जति पनि स्वयंसेवकमा खोप परीक्षण गर्यो सबैमा रोग प्रतिरोधको प्रतिक्रिया देखाएको न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा मंगलबार प्रकाशित जर्नल लेखमा उल्लेख छ । तर, स्वयंसेवीहरुमा टाउको दुख्ने, मांशपेसी दुख्ने, खोप लगाएको भागमा दुख्ने, थकान महशुश भएको जर्नलमा प्रकाशित लेखमा भनिएको छ ।
यो भ्याक्सिनको यसै महिना तेस्रो चरणको परीक्षण हुने र त्यसपछि मात्र उत्पादन गरिने वा नगरिने टुंगो लगाइनेछ । मोर्डनाले मंगलबार प्रेस विज्ञप्तिमार्फत् ५ करोड डल प्रति वर्ष खोपको उत्पादन गर्ने लक्ष्य लिएको भनेको छ ।
रुसले दोस्रो चरणको खोपको परीक्षण सफल भएको जनाइसकेको छ । उसले अब तेस्रो चरणको परीक्षणमा सफलता हासिल गरे खोप उत्पादन गर्ने पहिलो मुलुक बन्न सक्नेछ ।
अमेरिका, चीन, भारत, अष्ट्रेलियालगायत विश्वका विभिन्न मुलुकमा एक सय २० भन्दा बढी भ्याक्सिन उत्पादन भइरहेका छन् । एजेन्सी
प्रकाशित मिति: बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
