जनस्वास्थ्य सरोकार, काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिकामा कोरोना फैलिएको आशंकामा परीक्षण गरिएका २ सय १३ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
नगरपालिकामा १३ जना संक्रमित भेटिएपछि गत शनिवार संक्रमितसँग सम्पर्कमा रहेको आशंकामा ७४ जना र समुदायका १ सय ३९ गरी दुइसय १३ जनाको स्वाव संकलन गरि पिसिआर परीक्षणका लागि पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको नगर प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो –‘परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको खबर सुनाउन पाउँदा खुशी लागेको छ । यसबाट कोरोना संक्रमण समुदायतह सम्म पुग्न सकेको छैन भन्ने पुष्टी हुन्छ ।’
विदेशबाट फर्केका, अन्य रोगको उपचारका लागि अस्पताल गएका, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र काठमाडौंबाट अन्य जिल्लामा प्रवेश परीक्षा दिन जान लागेका विद्यार्थीहरुलाई शंकाको आधारमा स्वास्थ्य परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । संक्रमितहरु निको भइरहेको र समूदायसम्म नपुगेकाले यसबाट आत्तिनुपर्ने अवस्था नभएको भन्दै उच्चसर्तकता अपनाउन नगरवासीलाई अपिल समेत गर्नुभएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
