जनस्वास्थ्य सरोकार, काठमाडौं । गण्डकी प्रदेशमा शुक्रबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै २ जिल्लामा थप २५ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमतिको संख्या १२ सय ५६ पुगेको छ ।
निर्देशनालयका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा तनहुँका ७ जना, नवलपरसाी पूर्व गैडाकोटमा १८ जना रहेका छन्। प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौंडा र क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना देखिएको हो । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन सेन्टरमा लैजाने तयारी भैरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
