जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको धुम्वाराहीस्थित ह्याम्स अस्पतालले भ्रममा नपरी उपचार सेवा लिन आग्रह गरेको छ । बिरामी र उसको आफन्तको स्वीकृति लिएर मात्र उपचार गरिने पनि अस्पतालले स्पष्ट पारेको छ ।
स्थापनाकालदेखि नै ह्याम्स अस्पतालले सेवाग्राही विरामीहरुलाई सर्वसुलभ रुपमा विश्वस्तरीय सेवा प्रदान गर्दै आएको स्पष्ट पार्दै अस्पतालका कार्यकारी निर्देशक वरिष्ठ मुटु सर्जन डा. ज्योतीन्द्र शर्माले भन्नुभएको छ— कोभिड–१९ ले सिर्जना गरेको भयावह परिस्थितिमा समेत अस्पताल तथा स्वास्थ्यकर्मीले रत्तिभर विचलित नभई गुणस्तरीय सेवा प्रदान गरिरहेको छ । आफ्नो दायित्व सम्झेर अटोठ भावनाका साथ सेवा प्रवाह गरिरहेको अवस्थामा समेत केही समाचार माध्यमहरुले विभिन्न स्वार्थका लागि कपोलकल्पित तथा भ्रामक समाचारहरु प्रकाशन गर्नु खेदपूर्ण तथा दुःखद छ ।’डा. शर्माले भन्नुभयो—‘भ्रामक समाचारहरुमा कुनै सत्य तथ्य छैन । यस अस्पतालमा सेवा लिन आउने सम्पूर्ण विरामी तथा विरामीका आफन्तहरु तथा आम जनमानसमालाई अस्पतालको तर्फबाट जानकारी गराउँछु ।’ कोभिड–१९ ले विश्वभरी नै विषम परिस्थितीको सिर्जना भएको तथ्य सर्वविदितै छ । नेपालमा पनि यस महामारीेले गर्दा सम्पूर्ण क्षेत्रमा सामाजिक तथा आर्थिक हिसावले ठूलो असर पर्न गएको छ । स्वास्थ्य सेवा प्रवाह क्षेत्रमा यसको प्रत्यक्ष असर परेको छ । एकातर्पm आर्थिक रुपले संकट पर्न गएको छ भने अर्को तर्पm स्वास्थ्यकर्मीहरु संक्रमित हुने जोखिम उत्तिकै बढी छ । स्वास्थ्यकर्मीहरुको मनोवल उच्च राख्दै यस महामारी संग लड्नु आज सवैको दायित्व हो ।
‘बिरामी भई सेवा लिने क्रममा कोभिड– १९ पोजिटिभ देखिएको अवस्थामा यस अस्पतालका चिकित्सक लगायतको टोलीले नेपाल सरकारले तोकेको अस्पतालमा जान र सो अस्पतालमा निशुल्क उपचार लिन बिरामी सँग आग्रह गर्दछन् ।’—डा. शर्माले स्पष्ट धारणा राख्दै भन्नुभयो—‘त्यस पश्चात् यदि बिरामीबाट यसै अस्पतालमा उपचार गर्ने र अस्पतालले तोकेको शुल्क तिर्ने मन्जुरी दिएको अवस्थामा मात्र अस्पतालले सो बिरामीलाई स्वास्थ्य मन्त्रालय तथा यस अस्पतालले तय गरेको गाईडलाईनका आधारमा उपचार गरिने व्यहोरा आम जनमानसमा जानकारी गराउँदछौं ।’पि सी आर रिपोर्ट को सम्बन्धमा आज मिति २०७७ – ०४ –०३ गतेका दिनसम्म पि सी आर रिपोर्ट यस ह्याम्स अस्पतालले निर्देशिका बमोजिम बिरामीको आवश्यकता अनुसार स्वास्थ्य मन्त्रालयले तोकेको अस्पतालमा टेष्ट गर्न पठाउने गरेको पनि डा. शर्माले जानकारी गराउनुभएको छ ।
कोभिड – १९ को कारण संसार नै अफ्ठ्यारो परिस्थितिमा रहेकोबेला हरेक क्षेत्र, नेपाल सरकार, सम्पूर्ण व्यवसायी, ब्यक्ती एकजुट भई कोभिड – १९ को बिरूद्ध सामूहिक लडाई आजको आवश्यकता हो । यसै कुरालाई मध्यनजर गर्दै यस ह्याम्स अस्पताल परिवारले महिनाको करोडौँ रूपियाँ घाटा खाएर देश र जनता प्रति उत्तरदायित्व निर्वाह गरिरहेको अस्पतालका अध्यक्ष आर.एस. भण्डारीले स्पष्ट पार्नुभयो ।‘यस्तो बिषम परिस्थितिमा व्यक्तिगत तथा निजी स्वार्थको लागि अस्पतालको साख गिराउने अभिप्रायका साथ गलत तथा झुठो समाचार सम्प्रेषण भएको प्रति अस्पताल परिवार खेद प्रकट गर्दछौं । साथै सत्यतथ्य समाचार पत्रकारिता को मूल धर्म रहने सत्य नभुल्न आग्रह गर्दछौं ।’—अध्यक्ष भण्डारीले भन्नुभयो—‘यस विषम परिस्थितीसँग जुध्न मिडियाहरुको ठूलो भूमिका रहने तथ्यलाई स्मरण गराउँदै जस्तोसुकै जटिल परिस्थिति सिर्जना भए पनि यस ह्याम्स अस्पताल तथा यहाँका स्वास्थ्यकर्मीहरु कटिबद्ध भएर सम्पूर्ण बिरामीहरुको उपचारमा अहोरात्र इमान्दारीका साथ आफ्नो जीवनको परवाह नगरी जुट्ने प्रतिवद्धता व्यक्त गर्दछौ ।’
प्रकाशित मिति: शनिबार, साउन ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि आह्वान गरिएको दरखास्त रद्द
मंगलबार, असार ३०, २०८३
बीपी प्रतिष्ठानकी नवनियुक्त उपकुलपति प्रा.डा. स्मृति कार्कीद्वारा पदभार ग्रहण
मंगलबार, असार ३०, २०८३ट्रेन्डिङ
