जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु भएका सप्तरीका ७२ वर्षीय वृद्धको परिवारका सबै सदस्यामा कोराना संक्रमण पुष्टि भएको छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा परिवारका सबै सदस्यमा संक्रमण पुष्टि भएको हो।
बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको वृद्धको दुई घण्टामै वृद्धको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा मृत्यु भएको थियो। वृद्धकी पत्नी, छोरा, बुहारी र नाति, नातिनामा कोरोना पुष्टि भएपछि सबैलाई आइसोलेसन कक्षमा राख्ने तयारी भइरहेको छ।
मृतकको पत्नी बिरामी भएकोले उनकाे उपचारको लागि भारत गएका सम्पुर्ण परिवार दुई साता अघि नेपाल फर्किएका थिए। साथै उनको पसलमा कार्यरत कर्मचारीको समेत स्वाब संकलन गरी परीक्षण गरिएको छ। उनीहरुको रिपोर्ट भने आइसकेको छैन।
प्रकाशित मिति: आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६
