जनस्वास्थ्य सरोकार, काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्टारमा प्रा.डा मोहनचन्द्र रेग्मी नियुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले ४ साउनमा डा. रेग्मीलाई रजिष्टार पदमा नियुक्त गर्ने निर्णय गरेका हुन्। मन्त्रालयले उनलाई पाँच वर्षसम्मका लागि रजिष्टारमा नियुक्त गरेको हो।
उक्त निर्णय लगत्तै स्वास्थ्य मन्त्रालयका डा. गुणराज लोहनीले आइतबार डा. रेग्मीलाई पत्राचार गर्दै रजिष्टार पदमा नियुक्त भएकोबारे जानकारी गराएका छन्। उनी यसअघि प्रतिष्ठानको प्रसूति तथा स्त्री रोगका विभागका प्रमुख थिए।
फिस्टुला फ्री नेपालका संस्थापक समेत रहेका डा. रेग्मी साउथ एशियन फेडेरेसन अफ युरोगाइनोकोलोजीका उपाध्यक्ष हुन्।
उनी नेपाल चिकित्सक संघको धरानका शाखाका अध्यक्ष छन्। डा. रेग्मी सन् २०१७ मा ‘वेस्ट प्रोफेसर इन अब्स्ट्रेटिक एण्ड गाइनेकोलोजी’ अवार्डबाट पुरस्कृत भएका थिए।
प्रकाशित मिति: आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६
