जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितहरुको संख्या १७,६५८ पुगेको छ ।
यसैगरी आइतबार ५८ जना कोरोनामुक्त भएर घर फर्किएका छन । यो सँगै मुलुकमा कोरोनासंक्रमणबाट निको हुनेहरुको संख्या ११,६९५ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार नेपालमा हालसम्म कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।
हाल क्वारेन्टाइनमा बस्नेको संख्या २२,६६२ रहेको छ भने ५,९२३ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन् । विगत २४ घण्टामा देशभरका २७ ओटा प्रयोगशालामा ३,७४१ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।
प्रकाशित मिति: आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६
