जनस्वास्थ्य सरोकार, काठमाडौं । भारतमा कोरोनाभाइरसको संक्रमण तिव्र गतिमा बढीरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा ४० हजार भन्दा बढीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४० हजार २ सय ४३ जनामा कोरोना संक्रमण देखिएको हो ।
यससँगै भारतमा कोरोना संक्रमितको संख्या ११ लाख १८ हजार १ सय ७ पुगेको छ । त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ सय ७५ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ हजार ५ सय ३ पुगेको छ ।
यस्तै कोरोना संक्रमित भएका मध्ये ७ लाख ३ सय ९९ जना निको भई घर फर्किसकेका छन् । भारतमा महाराष्ट्र, दिल्ली, तामिलनाडु प्रदेशमा बढी कोरोनाको प्रभाव परेको छ ।
प्रकाशित मिति: सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६
