जनस्वास्थ्य सरोकार, जेनेभा/ स्वीट्जरल्याण्ड । विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ८ हजार ९७८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले सोमबार जानकारी दिएको छ ।
सो संगठनकाअनुसार सोमबारसम्म विश्वभरीमा १ करोड ४६ लाख ४६ हजार ७०७ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये हालसम्म ८७ लाख ३७ हजार ८३५ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५२ लाख ९९ हजार ८९४ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ५९ हजार ६०६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३८ लाख ९८ हजार ५५० जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ४३ हजार २८९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ३२ लाख ६६ हजार ७४३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख १७ हजार ९३६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४५ लाख ७० हजार १८९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ९६ हजार ६२२ जनाको मृत्यु भएको छ ।
युरोपमा २६ लाख ५४ हजार ४६२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९८ हजार ८०२ को मृत्यु भएको छ । एसिया ३४ लाख १ हजार २२१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७९ हजार ९६३ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ७ लाख २४ हजार ७०२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १५ हजार २०२ जनाको मृत्यु भएको छ । ओसियानामा १३ हजार ७५० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४५ जनाको मृत्यु भएको छ । रासस/एएफपी
प्रकाशित मिति: सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि आह्वान गरिएको दरखास्त रद्द
मंगलबार, असार ३०, २०८३
बीपी प्रतिष्ठानकी नवनियुक्त उपकुलपति प्रा.डा. स्मृति कार्कीद्वारा पदभार ग्रहण
मंगलबार, असार ३०, २०८३
स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको सांसद तामाङको टिप्पणी
मंगलबार, असार ३०, २०८३ट्रेन्डिङ
