जनस्वास्थ्य सरोकार, काठमाडौँ। बाराको देवताल गाउँपालिकामा वडाध्यक्ष सहित ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।
गाउँपालिका अध्यक्षले आफ्नो मातहतका जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गराएका हुन् । ७४ जनाको परीक्षण गर्दा ४६ जनामा संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिए। संक्रमित हुनेहरुमा देवताल गाउँपालिकाका ३४, कलैया उपमहानगरपालिकाका ३, सुवर्ण गाउँपालिकाका ३ जना र अन्य ६ जना गरी ४६ जना रहेका छन् ।
संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ।
प्रकाशित मिति: सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६
