जनस्वास्थ्य सरोकार, काठमाडौँ । बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयले मानवमा गरेको कोरोना भाइरसविरूद्धको खोप परीक्षण सफल भएको छ। उक्त खोपले कोरोना भाइरसविरुद्ध लड्ने प्रतिरोधक क्षमता बढाउने सहयोग गर्ने जनाइएको छ ।
पहिलो चरणको क्लिनिकल परीक्षणमा बेलायतका १ हजार ७७ जनामा उक्त खोप परीक्षण गरिएको थियो । सो खोप लगाएका व्यक्तिमा कोरोनासँग लड्ने ‘एन्टिबडी’ विकास भएको देखिएको छ । खोपको सफल परीक्षण भएसँगै वैज्ञानिकरुले सार्वजनिक प्रयोगमा ल्याउनुअघि बृहत स्तरको क्लिनिकल परीक्षण गरिने जनाएका छन् ।
कोरोनाविरुद्ध बनेको खोप परीक्षणको सकारात्मक नतिजा आएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अक्सफोर्ड विश्वविद्यालय बधाई ज्ञापन गरेको छ । एजेन्सी
प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६
