जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ३७ हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन्। सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार १४८ जना कोरोना भाइरस संक्रमित थपिएका हुन्।
केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ५८७ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ। यससँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म २८ हजार ८४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन्।
योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या ११ लाख ५५ हजार १९१ पुगेको अधिकारीहरुले जनाएका छन्। भारतमा अहिले पनि ४ लाख २ हजार ५२९ जना संक्रमित अवस्थामै रहेका छन् भने ७ लाख २४ हजार ५७८ जना संक्रमणमुक्त भएका छन्। रासस/एएनआई
प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६
