जनस्वास्थ्य सरोकार, सुर्खेत । कर्णाली प्रदेशमा आज २२ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमितमध्ये १६ जना दैलेख र ६ जना कालिकोटका छन्। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार ७८३ जना पुगेको छ।
सामाजिक विकास मन्त्रालयका अनुसार कालिकोटको संक्रमितमध्ये रास्कोट नगरपालिका वडा नं. २ का ४ जना र वडा नं. ८ का १ जना छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणले संक्रमण पुष्टि गरेको हो।
त्यस्तै दैलेखको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा पुष्टि भएकामध्ये ठाँटीकाँध गाउँपालिका वडा नं. १ र ३ का २-२ जना, वडा नं. २ का ६ जना, वडा नं. ४ का १ जना र वडा नं. ६ का ५ जना छन्।
मन्त्रालयका अनुसार आजै सुर्खेतको प्रदेश अस्पतालबाट ३ जना, वीरेन्द्रनगर आइसोलेसनबाट ५ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट ५ जना गरी कुल १३ जना डिस्चार्ज भएका छन्।
यो सँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या १ हजार ५४६ जना पुगेको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिए।
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६
