जनस्वास्थ्य सरोकार, वीरगञ्ज । पर्साको वीरगञ्जमा थप १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा बुधबार राति गरिएको परीक्षणमा ४ महिलासहित १७ जनामा संक्रमण पुष्टि भएको हो । अधिकांश संक्रमितहरु विभिन्न अस्पतालका चिकित्सक र बिरामीहरु रहेको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले जानकारी दिए ।
गत साउन ६ गते १ सय २८ वटा नमुना स्वाब सङ्कलन गरिएको थियो । उनीमध्ये १७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितलाई आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको छ। संक्रमण देखिएका मध्ये एक जना मृतक पुरुष पनि रहेको मेडिकल सुपरिटेन्डेन्ट डा उपाध्यायले जानकारी दिए ।
पर्सा माईस्थानका ७० वर्षीय पुरुषको उपचारका क्रममा नारायणी अस्पताल वीरगञ्जमा मृत्यु भएपछि स्वाव संकलन गरेर परिक्षण गरिएको थियो । नारायणी अस्थाई कोभिड अस्पताल गण्डकको आइसोलेसनमा गत साउन ६ गते मृत्यु भएको हो ।
प्रकाशित मिति: बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि आह्वान गरिएको दरखास्त रद्द
मंगलबार, असार ३०, २०८३
बीपी प्रतिष्ठानकी नवनियुक्त उपकुलपति प्रा.डा. स्मृति कार्कीद्वारा पदभार ग्रहण
मंगलबार, असार ३०, २०८३
स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको सांसद तामाङको टिप्पणी
मंगलबार, असार ३०, २०८३ट्रेन्डिङ
