जनस्वास्थ्य सरोकार, काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार ५ सय ९९ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार १ सय २० जनाको मृत्यु भएको छ ।
भारतमा एकै दिनमा यति धेरै संक्रमित थपिएको यो पहिलो पटक हो । यसअघि जुलाई १९ अर्थात साउन ४ गते ४० हजार २ सय ४३ जनामा संक्रमण पुष्टि भएको थियो । भारतमा पछिल्लो समय हरेक दिन ३५ हजारदेखि ४५ हजारसम्म संक्रमित थपिदै आएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ह्वात्तै बढेको छ । दिनहुँ ५ देखि ६ सयको मृत्यु हुने गरिकोमा बुधबार एकै दिनमा १ हजार १ सय २० जनाको मृत्यु भएको छ ।
भारतमा यति ठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको यो दोस्रो पटक हो । यसअघि जुन १६ अर्थात असार २ गते २ हजार ६ जनाको मृत्यु भएको थियो ।
कोरोनाबाट भारतको महाराष्ट्र राज्य सबैभन्दा बढि प्रभावित भएको छ । जहाँ ३ लाख ३७ हजार ६ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १२ हजार ५ सय ५६ जनाको मृत्यु भएको छ ।
यस्तै दोस्रो प्रभावित तमिलनाडुमा १ लाख ८६ हजार ४ सयभन्दा बढिमा संक्रमित भएका छन् भने ३ हजार १ सय ४४ जनाको मृत्यु भएको छ । राजधानी दिल्लीमा १ लाख २६ हजार ३ सयमा संक्रमण पुष्टि भएको छ भने ३ हजार ७ सय १९ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि आह्वान गरिएको दरखास्त रद्द
मंगलबार, असार ३०, २०८३
बीपी प्रतिष्ठानकी नवनियुक्त उपकुलपति प्रा.डा. स्मृति कार्कीद्वारा पदभार ग्रहण
मंगलबार, असार ३०, २०८३
स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको सांसद तामाङको टिप्पणी
मंगलबार, असार ३०, २०८३ट्रेन्डिङ
