जनस्वास्थ्य सरोकार, जेनेभा । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले सन् २०२१ अघि कोरोना भाइरसविरुद्धको खोप बन्ने सम्भावना नभएको बताएको छ । डब्लूएचओका आपत्कालीन कार्यक्रम प्रमुख डाक्टर माइकल ऱ्यानले अनुसन्धानकर्ताहरुले खोप निर्माणमा सफलता प्राप्त गरिरहे पनि तत्काल यो प्रयोगमा आउने सम्भावना नरहेको बताएका हुन् ।
कोरोनाविरुद्धको खोप निर्माणमा ढिलाइ नै भए पनि सुरक्षाका हिसाबले कुनै कमीकमजोरी हुन नहुने पनि उनले बताए । ‘खोप निर्माणमा हामीले राम्रो सफलता प्राप्त गरिरहेका छौं,’ केही खोपले तेस्रो तहको परीक्षण पनि पार गरेको डाक्टर ऱ्यानले बताए । साथै यी खोपहरु सुरक्षा मापदण्डका हिसाबले अहिलेसम्म विफल पनि नभएको उनले बताए । ‘आम सर्वसाधारणमा प्रयोग गर्नुभन्दा पहिले हामीले ती खोप सुरक्षित र प्रभावकारी रहेको कुरा सुनिश्चित गर्नुपर्छ । यसका लागि हामीलाई केही समय लाग्न सक्छ । वास्तविक अवस्था हेर्ने हो भने अर्को वर्षको ६ महिनासम्ममा हामीले सर्वसाधारणलाई खोप दिने सम्भावना रहेको छ,’ उनले भने ।
विश्वका विभिन्न देशमा कोरोनाविरुद्धको खोप परीक्षण सफल भइरहेको दाबी गरिएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले आफूले निर्माण गरेको खोप सुरक्षित र प्रभावकारी भएको दाबी गरेको छ । त्यस्तै रुसको सेचनोव विश्वविद्यालयले पनि स्वयंसेवकमा गरिएको परीक्षणमा आफूले निर्माण गरेको कोरोनाविरुद्धको सफल भएको दाबी गरेको छ ।
मिसिगन विश्वविद्यालयमा संक्रामक रोगका प्राध्यापक अब्री गोर्डनले सुरुवाति परीक्षणमा प्राप्त सफलताले आशावादी हुने ठाउँ रहेको बताइन् । ‘फेज १ र २ को परीक्षणले निकै नै आशावादी हुने ठाउँ रहेको छ,’ उनले भनिन्
त्यस्तै जोन्स होप्किन्स विश्वविद्यालयमा सोधकर्ताका रुपमा कार्यरत अमेश अदाल्जाले अहिले निष्कर्षमा पुग्न नसकिए पनि कोरोनाविरुद्धको खोप निर्माण हुनेमा आफू आशावादी रहेको बताउँछन् । ‘मलाई विश्वास छ कि हामीले कोभिड–१९ विरुद्धको खोप पाउनेछौं । तर कुसले बनाएको खोप सफल हुन्छ भन्नेचाहिँ अहिले नै भन्न सकिने अवस्था छैन ।’ एजेन्सी
प्रकाशित मिति: बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६
