जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा शनिबार थप १०९ जनामा कोरोना भाइरस (कोभिड—१९) संक्रमण पुष्टि भएको छ । कोरोनाबाट आज थप एकजनाको मृत्यु भएको छ । यो सँगै मुलुकमा कोरोना संक्रमितहरुको संख्या १८, ४८३ पुगेको छ भने अहिलेसम्म ४५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । साथै संक्रमितहरुमध्ये १३, ०५३ जनाले कोरोना जितिसकेका छन् । आज १०६ जनालाई कोरोनामुक्त भएकाले अस्पतालबाट घर पठाइएको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार, संक्रमण पुष्टि भएका ५,३८५ जना आइसोलेसनमा रहेका छन् । कतिपय स्थानमा संक्रमितहरुलार्य होम आइसोलेसनकोसमेत अनुमित दिइएको छ । लक्षण नदेखिएका व्यक्तिहरुमा पनि पिसिआर परीक्षणमा कोरोना पाइएको जानकारी गराइएको छ । विगत २४ घण्टामा पीसीआर विधिबाट ४,०७५ वटा परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।हाल मुलुकभर १८,१८३ व्यक्ति क्वारन्टीनमा रहेका छन् । मुलुकमा कोरोना पुष्टि भएका अधिकांश व्यक्ति बाहिरबाट क्वारन्टीनमा बसेका व्यक्तिसँगको संसर्गबाट भएको जनाएको छ ।
प्रकाशित मिति: शनिबार, साउन १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६
