जनस्वास्थ्य सरोकार, वीरगञ्ज । वीरगञ्जको कोरोना अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा एक जनाको ज्यान गएको छ । श्वासप्रश्वासमा समस्या भएपछि हिजो बेलुकी अस्पताल भर्ना गरिएका वीरगञ्ज आदर्शनगरका ६५ वर्षका पुरुषको आज बिहान ज्यान गएको अस्पतालले जनाएको छ ।
श्वासप्रश्वासमा समस्या आएकाले उनलाई आकस्मिक कक्षकै भेन्टिलेटरमा राखेर उपचार गरिएको डाक्टर निरज सिंहले बताउनुभयो । उहाँकाअनुसार ती पुरुषको आरडीटी विधिबाट परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको तर पीसीआर विधिबाट भने परीक्षण गर्न बाँकी छ ।
परीक्षणको लागि स्वाब संकलन गरिएको र बेलुकीसम्ममा रिपोर्ट आउने डाक्टर सिंहले जानकारी दिनुभयो । पीसीआर रिपोर्ट नआउँदासम्म शव आकस्मिक कक्षमै राखिने अस्पतालले जनाएको छ । यसअघि वीरगञ्जमा भारत माइती भई वीरगञ्ज-२१ बस्दै आएकी १७ वर्षकी युवतीको शुक्रबार बेलुकी ज्यान गएको थियो भने शुक्रबार बिहान वीरगञ्जकै कोभिड अस्पतालको आइसोलेशनमा वीरगञ्ज-११ श्रीपुरकी ८५ वर्षकी वृद्धाको ज्यान गएको थियो ।
अस्थायी कोभिड अस्पतालमा उपचार गराइरहेका कोरोना सङ्क्रमितमध्ये ४ जनाको अवस्था जटिल रहेको डाक्टरले बताएका छन् । उनीहरुको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्थायी कोभिड अस्पतालका प्रमुख डाक्टर निरज सिंहले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि आह्वान गरिएको दरखास्त रद्द
मंगलबार, असार ३०, २०८३
बीपी प्रतिष्ठानकी नवनियुक्त उपकुलपति प्रा.डा. स्मृति कार्कीद्वारा पदभार ग्रहण
मंगलबार, असार ३०, २०८३
स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको सांसद तामाङको टिप्पणी
मंगलबार, असार ३०, २०८३
गर्मीयाममा स्वस्थ रहन अपनाउनुपर्ने ७ प्रभावकारी उपाय
मंगलबार, असार ३०, २०८३ट्रेन्डिङ
