जनस्वास्थ्य सरोकार, काठमाडौँ । गृह मन्त्रालयले मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न पुन: निर्देशन दिएको छ। लकडाउन खुलेसँगै कोरोना संक्रमणको जोखिम बढे पनि सर्वसाधरणहरु मास्क नलगाइ बाहिर निस्कने क्रम बढेपछि आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई कारबाही गर्न निर्देशन दिइएको मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो -'रोगको जोखिम बढे पनि सर्वसाधरणहरू मास्क नलगाइ बाहिर निस्किन थालेका छन्। मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई मास्कको नियममा कडाइ गर्न फेरि निर्देशन दिएको हो । अटेर गर्नेलाई संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिनेछ।'
प्रकाशित मिति: आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६
