जनस्वास्थ्य सरोकार, पोखरा । मनिपाल शिक्षण अस्पतालमा कार्यरत एक डाक्टरमा सोमबार कोरोना पुष्टि भएको छ । मनिपाल कलेजमा एमडी पहिलो वर्षमा उनी मेडिकल वार्डमा कार्यरत चिकित्सक हुन् । सामान्य ज्वरो आएकाले स्वाब लिएर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो ।
क्षेत्रीय अस्पतालको कोरोना प्रयोगशालामाा परीक्षणका गर्दा उनमा कोरोना पुष्टि भएको हो । ती स्वास्थ्यकर्मी रिपोर्ट नआउँदासम्मै बिरामी परीक्षण गरिरहेको मनिपाल उच्च स्रोतले जानकारी दिएको छ ।
उच्च सतर्कताका बीच काम गरिरहेका उनको शरीरमा भाइरस कहिले प्रवेश गर्यो भन्नेमा अस्पताल प्रशासनले खोजी सुरु गरेको छ । उनी कति दिनदेखि संक्रमित थिए र कति बिरामी परीक्षण गरे भन्ने अन्योल कायमै छ ।
उनलाई अहिले क्षेत्रीय अस्पतालको आइसोलेसनमा ल्याइएको छ । मनिपालको आवास र मेडिकल वार्डलाई स्यानिटाइज गर्ने र ती चिकित्सकको सम्पर्कमा आएकालाई निगरानीमा राख्ने प्रयास भैरहेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएको छ ।
प्रकाशित मिति: सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि आह्वान गरिएको दरखास्त रद्द
मंगलबार, असार ३०, २०८३
बीपी प्रतिष्ठानकी नवनियुक्त उपकुलपति प्रा.डा. स्मृति कार्कीद्वारा पदभार ग्रहण
मंगलबार, असार ३०, २०८३
स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको सांसद तामाङको टिप्पणी
मंगलबार, असार ३०, २०८३
गर्मीयाममा स्वस्थ रहन अपनाउनुपर्ने ७ प्रभावकारी उपाय
मंगलबार, असार ३०, २०८३ट्रेन्डिङ
