जनस्वास्थ्य सरोकार, वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार राती वीरगन्जका २ चिकित्सकसहित १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।
संक्रमण पुष्टि भएका दुवै चिकित्सक नारायणी अस्पतालमा कार्यरत छन् । नारायणी अस्पतालमै कार्यरत ३१ वर्षीय एक पुरुष कर्मचारीमा पनि संक्रमण भेटिएको छ । यस्तै जगदम्बा इन्टर प्राइजेज उद्योगमा कार्यरत ४८ वर्षीय, ५६ वर्षीय र २६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । जगदम्बा इन्टर प्राइजेजका सिइओमा गत साउन ६ गते संक्रमण पुष्टि भएपछि उनको कन्टयाक्ट ट्रेसिङका क्रममा ३ जना कर्मचारीमा पनि संक्रमण भेटिएको हो ।
यस्तै स्वेच्छाले आफैले पैसा तिरेर पीसीआर जाँच गराएका वीरगन्ज ७ लोहरपट्टीका ५५ वर्षीय, वीरगन्ज १३ का ३४ वर्षीय, वीरगन्ज ७ का ३३ वर्षीय र वीरगन्ज १३ का २३ वर्षीय पुरुषमा पनि सोमबार राति संक्रमण पुष्टि भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साको थुनुवा कक्षमा रहेका वीरगन्जकै २३ वर्षीय एक युवक र बाराको कलैया उपमहानगरपालिका ५ घर भएका ४१ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको मेसु उपाध्यायले जानकारी दिए । वीरगन्ज ११ श्रीपुरकी ४५ वर्षीया महिलामा पनि संक्रमण भेटिएको छ ।
यसैगरी भारतको बैंगलोरबाट आएका वीरगन्ज २३ सबैठवाका २६ वर्षीय पुरुष र पर्साको ठोरीस्थित सरस्वती माविको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय पुरुषको पनि पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको छ ।
सोमबार रात संक्रमण पुष्टि भएका १५ जनामध्ये १ जना बारा , १ जना इलामका हुन् भने बाँकी १४ पर्साका निवासी हुन् ।सोमबार राती संक्रमण पुष्टि भएका १५ जनामध्ये १३ जना पर्साका, १ जना बारा र १ जना इलामको रहेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।
पर्साका थप १३ जनामा संक्रमण पुष्टि भएसँगै पर्सा जिल्लामा संक्रमितको संख्या २७२ पुगेको स्वास्थ्य निरीक्षक ठाकुरले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि आह्वान गरिएको दरखास्त रद्द
मंगलबार, असार ३०, २०८३
बीपी प्रतिष्ठानकी नवनियुक्त उपकुलपति प्रा.डा. स्मृति कार्कीद्वारा पदभार ग्रहण
मंगलबार, असार ३०, २०८३
स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको सांसद तामाङको टिप्पणी
मंगलबार, असार ३०, २०८३
गर्मीयाममा स्वस्थ रहन अपनाउनुपर्ने ७ प्रभावकारी उपाय
मंगलबार, असार ३०, २०८३
कर्णालीमा निःशुल्क मृर्गौला प्रत्यारोपण
मंगलबार, असार ३०, २०८३ट्रेन्डिङ
