जनस्वास्थ्य सरोकार, काठमाडौँ । दुई साता स्थिर रहेको कपिलवस्तुमा फेरी एकै पटक ३४ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार जिल्लाको शिवराज नगरपालिकामा कोभिड १९ का ३४ जनामा कोरोना पुष्टि भएको हो । यससंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ७ सय ९६ पुगेको छ । फेला परेका मध्ये २८ जना पुरुष र ६ जना महिला रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
फेला परेका मध्ये २ शिक्षक र एक नगरपालिकामा कार्यरत वडा सचिव समेत रहेको शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए । संक्रमित मध्ये भारतबाट आएका १२ जना, दुबईबाट आएका ४ जना, कतारबाट आएका ३ तथा साउदी अरेबियाबाट आएका २ जनामा कोरोना पुष्टि भएको हो । बाँकी १३ जना समुदाय स्तरका रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए । ८५ जनाको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा परीक्षण गरिएको हो ।
फेला पारेका ३४ जना मध्ये २४ जना होम क्वारेन्टिनमा बस्ने गरेका छन् । बाँकी १२ जना भने समुदायस्तरकै हुन् । समुदायस्तर मै संक्रमण देखिएपछि कपिलवस्तुमा त्रास बढेको छ । लकडाउन खुकुलो भएपछि जिल्लामा चलहपहल समेत बढेको छ । भीडभाड गर्ने, मास्क नलगाई हिँड्ने गरिएकाले समेत अब कपिलवस्तुमा फेरी कोरोना फैलने खतरा बढेको स्वास्थ्यकर्मी बताउँछन् । यसअघि भेटिएका ९५ प्रतिशत बढी भारतबाट फर्कर क्वारेन्टिनमा बसेकाहरुमा संक्रमण देखिएको थियो ।
७ सय ९६ संक्रमित भेटिएको कपिलवस्तुमा ७ सय ४८ जना निको भई घर फर्किसकेका छन् । बाणगंगा नगरपालिकामा ६ जना शिवराज नगरपालिकामा ४० जना तथा बुद्धभुमीमा २ जना आइसोलेसनमा उपचाररत छन् । जिल्लामा ८ हजार ५५१ जनाको स्वाब संकलन गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६
