जनस्वास्थ्य सरोकार काठमाडौं । काठमाडौंको धुम्बराहीस्थिति अत्याधुनिक सुविधासम्पन्न हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स अस्पताल) ले कोरोना भाइरस (कोभिड—१९) पिसिआर परीक्षण शुरु गरेको छ ।
‘कोभिड—१९ को विश्वव्यापी महामारीको विषम परिस्थितिमा पनि अस्पतालले कति पनि विचलित नभई सुरक्षित साथ आफ्नो गुणस्तरीय सेवा नियमित रुपमा सञ्चालन गरिहेको छ ।’— अस्पतालका अध्यक्ष आर.एस. भण्डारीले भन्नुभयो—‘ह्याम्स अस्पतालले नेपाल सरकार स्वास्थ्य मन्त्रालयको मापदण्ड पूर्ण रुपमा पूरा गरेको छ र अस्पताल भवन भन्दा बाहिरको छुट्टै भवनमा स्थापना गरेको आइसोलेसन सेन्टरभित्र कोभिड—१९ पिसिआर परीक्षण सेवा नेपाल सरकार स्वास्थ्य मन्त्रालयको स्वीकृति प्राप्त गरी सेवा शुरु गरेको जानकारी गराउँदछौं ।’अब अस्पताल आइपुगेका आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामीहरुको कोभिड—१९ पिसिआर परीक्षण तत्काल हुने र बिरामीहरुले पिसिआर रिपोर्टका लागि ४—५ दिनसम्म कुर्नुपर्ने समस्या भोग्नुनपर्ने अस्पतालका कार्यकारी निर्देशक एवं वरिष्ठ मुटु शल्यचिकित्सक ज्योतीन्द्र शर्माले बताउनुभयो ।
भेन्टिलेटरमा राखेर सुरक्षित तवरले निजी अस्पतालबाट कोभिड—१९ उपचार गर्ने ह्याम्स पहिलो अस्पताल हो ।कोभिड—१९ ले नेपाललगायत विश्वभर नै विषम परिस्थिति सिर्जना गरेको छ । यस महामारीका कारण मुलुकको सम्पूर्ण सामाजिक तथा आर्थिक क्षेत्रमा ठूलो असर परेको छ । अझ स्वास्थ्य सेवा प्रवाह क्षेत्रमा त यसको प्रत्यक्ष असर परेको छ । एकातर्फ मुलुकमा आर्थिकसंकट बढ्दै गएको छ भने अर्कोतर्फ स्वास्थ्यकर्मीहरुलाई संक्रमित हुनबाट जोगाई उनीहरुको मनोवल उच्च राख्दै यस महामारीसँग लड्नु आज सबैको दायित्व भएको डा.शर्माले स्पष्ट पार्नुभयो । ‘स्थापना कालदेखि नै ह्याम्स अस्पतालले सेवाग्राही बिरामीहरुलाई सर्वसुलभ रुपमा विश्वस्तरीय सेवा प्रदान गर्दै आएको छ ।’—डा. शर्मा भन्नुहुन्छ—‘कोभिड—१९ ले सिर्जना गरेको भयावह परिस्थितिमा समेत यस अस्पताल तथा स्वास्थ्यकर्मीले रतिभर विचलित नभई गुणस्तरीय सेवा प्रदान गरिरहेकोमा हामी खुशी छौं ।’
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६
