जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँको धुम्वाराहीस्थित ह्याम्स अस्पतालमा अबदेखि ५ हजार ५ सयमा नै कोरोनाभाइरस (कोभिड १९) पिसिआर परीक्षण सुरु भएको छ ।
अस्पतालले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै नेपाल सरकारद्धारा तोकिएको शुल्क ५,५०० मा पिसिआर परीक्षण सुरु भएको जानकारी दिएको हो ।
अब अस्पताल आइपुगेका आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामीहरुको कोरोना परीक्षण तत्काल हुने र बिरामीहरुले पिसिआर रिपोर्टकाल लागि ४-५ दिन कुर्नुपर्ने समस्याको अन्य भएको अस्पतालका कार्यकारी निर्देशक एवं वरिष्ठ मुटु शल्यचिकित्सक ज्योतिन्द्र शर्माले बताउनुभयो ।अस्पतालका अध्यक्ष आर.एस.भण्डारीले भन्नुभयो—‘ह्याम्स अस्पतालले नेपाल सरकार स्वास्थ्य मन्त्रालयको मापदण्ड पूर्ण रुपमा पूरा गरेको छ र अस्पताल भवन भन्दा बाहिरको छुट्टै भवनमा स्थापना गरेको आइसोलेसन सेन्टरभित्र कोभिड—१९ पिसिआर परीक्षण सेवा नेपाल सरकार स्वास्थ्य मन्त्रालयको स्वीकृति प्राप्त गरी सेवा शुरु गरेको जानकारी गराउँदछौं ।’
प्रकाशित मिति: बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भारतका १६ राज्यमा फेरि कोरोना फैलिन थाल्यो, सक्रिय संक्रमित हजार नाघे
सोमबार, जेठ १२, २०८२
संघीय अस्पतालहरूको सेवा र शुल्कमा समानता ल्याउन स्वास्थ्य मन्त्रालयको नयाँ विधेयक तयारी
आइतबार, वैशाख २१, २०८२
गर्मी मौसममा खाना तताउँदा लापरवाही नगर्न विज्ञहरूको चेतावनी
बिहीबार, वैशाख १८, २०८२
भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरू, दुई बिरामीको सफल प्रत्यारोपण
मंगलबार, वैशाख ९, २०८२
सिराहा अस्पतालमा सेवाग्राही हैरान, स्थानीयले १९ बुँदे मागपत्र बुझाए
मंगलबार, वैशाख ९, २०८२ट्रेन्डिङ
