जनस्वास्थ्य सरोकार, पोखरा । गण्डकी प्रदेशमा एकैदिन ३८ संक्रमित फेला परेका छन् । तीमध्ये १४ जना पोखराका पुरुष छन् । पोखरामा भएको पीसीआर परीक्षणमा कास्कीमा १४ जनासहित स्याङ्जामा ११, बागलुङमा ६, तनहुँ र लमजुङ ३/३, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ जना गरी ३८ संक्रमित बनेका छन् । तीमध्ये स्याङ्जा गल्याङका २ जना महिला छन् । अरु सबै पुरुष हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार विज्ञप्तिमार्फत सो कुराको पुष्टि गरेको हो ।
कास्कीको पोखरा महानगरपालिकामा १४ जना पुरुषमा संक्रमण देखिएको हो । क्षयरोग उपचार केन्द्रमा भएको परीक्षणमा पोखराका वर्ष २२ र ३१ पुरुषमा कोरोना देखिएको छ । यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा अन्य १२ जनामा कोभिड–१९ देखिएको हो । उनीहरुको उमेर समूह वर्ष १५ देखि ४० सम्म छ । जसमा वर्ष १५, १९, २१, २३, २४, २७ छन् । यस्तै वर्ष ३०, ३२ र ४२ का २–२ जना छन् ।
स्याङ्जाको बिरुवा गाउँपालिकाका ३४ वर्षीय पुरुष, पुतलीबजारका ४१ वर्षीय पुरुष, भीरकोट नगरपालिकाका ४९ वर्षीय पुरुष संक्रमित बनेका छन् । यस्तै गल्याङ नगरपालिकाका ६ पुरुष र २ महिलामा संक्रमण देखा परेको छ । गल्याङका वर्ष २४, ३५, ४०, ४१, ४८ र ४९ जना पुरुष र वर्ष ४० र ५० की महिला संक्रमित बनेका हुन् ।
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६
