जनस्वास्थ्य सरोकार, काठमाडौँ । पूर्व तयारी विना नै लकडाउन खोल्दा काठमाडौ लगायत देशका ठूला शहर भित्र रहेका अस्पताल, चिकित्सक, स्वास्थ्यकर्मी, बिरामी, सरकारी कार्यालय, जेलर,कैदी बन्दी, प्रहरी, सर्वसाधारण जनता कोरोना संक्रमणको मारमा पर्दैछन् ।
बुधबार काठमाडौमा १ जनामा कोरोना संक्रमण पुष्टि भएका मध्ये काठमाडौंको बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा उपचाररत दुई जना बिरामी समेत रहेका छन् । अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीका अनुसार कोरोना संक्रमित मध्ये एकजना काठमाडौकै स्थायि वासिन्दा भएको र एकजना जनकपुरबाट उपचारका लागि आएका बिरामी रहेका छन् ।
गंगालालमा यस अघि पनि पटक पटक बिरामीमा कोरोना संक्रमण देखिदै आएको र अस्पतालले विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तय गरेको गाईड लाईनका आधारमा बिरामीको उपचार गर्दै आएकाले थप अन्य बिरामीमा भने खतरा कम हुने डा.अधिकारी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ शुरुका दिन देखिनै हामीले पूर्ण रुपमा सावधानी अपनाउदै आएका छौ ।
उपचारका लागि अस्पताल आउँने बिरामीले आफ्नो सुरक्षा अपनाएर सुरक्षित तरिकाले अस्पताल आएर सेवा लिन सक्ने वातावरण अस्पतालमा रहेको पनि उहाँले जानकारी गराउनुभयो । यस्तो महामारीको बेलामा सरकार, अस्पताल, सर्वसाधारण व्यक्ति, बिरामी सबैले एक भएर सुरक्षा अपनाएको खण्डमा डराउँनु पर्दैन् । गंगालालमा यस अघि पनि बिरामीमा कोरोना संक्रमण भएको र उहाँहरुलाई थप सुरक्षा अपनाई उपचार गरि सकुशल घरफर्काई सकेको डा.अधिकारीले जानकारी गराउनुभयो ।
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि आह्वान गरिएको दरखास्त रद्द
मंगलबार, असार ३०, २०८३
बीपी प्रतिष्ठानकी नवनियुक्त उपकुलपति प्रा.डा. स्मृति कार्कीद्वारा पदभार ग्रहण
मंगलबार, असार ३०, २०८३
स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको सांसद तामाङको टिप्पणी
मंगलबार, असार ३०, २०८३
गर्मीयाममा स्वस्थ रहन अपनाउनुपर्ने ७ प्रभावकारी उपाय
मंगलबार, असार ३०, २०८३
कर्णालीमा निःशुल्क मृर्गौला प्रत्यारोपण
मंगलबार, असार ३०, २०८३ट्रेन्डिङ
