जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोशी अस्पतालका चार जना स्वास्थ्यकर्मीलाई कोरोनाको सङ्क्रमण देखिएपछि अस्पतालको बहिरङ्ग सेवा (ओपीडी) सेवा अनिश्चितकालका लागि बिहीबारदेखि बन्द गरिएको छ ।
अस्पतालका ओपीडी इन्चार्ज र कार्यालय सहयोगी गरी चार जनामा बुधबार राति कोरोना पुष्टि भएपछि अस्पतालले सूचना जारी गर्दै सेवा बन्द गराएको जनाएको हो ।
स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि सङ्क्रमण नफैलियोस् भनेर ओपीडी सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । धेरै बिरामीको चाप हुने अस्पतालका स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि समस्या देखिएको छ ।
अस्पतालमा औषधि छर्किएर स्यानिटाइज गर्नुपर्ने भएकोले अर्को सूचना जारी नहुनुञ्जेलसम्मको लागि ओपीडी सेवा बन्द गरिएको कोशी अस्पतालका सुपरिटेन्डेन्ट मेसु डाक्टर चुमनलाल दासले जानकारी दिनुभयो ।
ओपीडी सेवा बन्द भए पनि आकस्मिक सेवा फिभर क्लिनिक भने बन्द गरिएको छैन । अस्पतालले गेट बन्द गरेर गेटमै ओपीडी सेवा बन्द भएको सूचना टाँसेको छ । अत्यावश्यक बिरामीलाई मात्र गेटबाट छिर्न दिइएको छ ।
सङ्क्रमितको सम्पर्कमा आएका १४ जनामध्ये दुई जनालाई होम क्वरेण्टीन र १२ जनालाई स्थानीय एक होटेलमा निगरानीमा राखिएको अस्पताल प्रशासनले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६
