जनस्वास्थ्य सरोकार, काठमाडौं। गण्डकी प्रदेशका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँका एक र म्याग्दीका दुईजना साथै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका तीनजनामा कोभिड-१९ पोजिटिभ देखिएको हो।
२९ देखि ४९ वर्ष उमेर समूहका नयाँ संक्रमितहरूमध्ये एकजना महिला छिन्। उनीहरूलाई उपचारका लागि सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ। निर्देशक डा. विनोदविन्दु शर्माको हस्ताक्षरमा केही बेरअघि जारी विज्ञप्ति अनुसार प्रदेशभर कूल संक्रमित एक हजार ४८५ पुगेका छन्। तीमध्ये एक हजार २४३ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६
