जनस्वास्थ्य सरोकार, काठमाडौं। नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । ललितपुरको लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
अस्पताल स्रोतले ६५ वर्षीया एक कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ । ललितपुरकै स्टार अस्पतालमा उपचारत रहेको अवस्थामा उनलाई कोरोना पुष्टि भएपछि पाटन अस्पतालमा ल्याइएकी महिलाको शुक्रबार उपचारकै क्रममा निधन भएको हो ।
मृतक महिला उच्च रक्तचापकी पनि बिरामी थिइन् । उनलाई यहि श्रावण ६ गते पाटन अस्पतालको आइसियुमा भर्ना गरिएको थियो । उनी केहि समय अघि वीरगन्जमाबाट फर्किएको बताइएको छ ।
नेपालमा विहिबारमात्र वीरगन्जमा ३ जनाको कोरोनाबाट मृत्यु भएको थियो भने योसहित कुल मृतकको संख्या ५६ पुगेको छ । स्वास्थ्य मन्त्रालयले भने आधिकारिक रुपमा पुष्टि गर्न बाँकी छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६
