जनस्वास्थ्य सरोकार, काठमाडौँ । रुसले कोरोना भाइरसको भ्याक्सिनको क्लिनिकल परीक्षण सफलतापूर्वक सकिएको घोषणा गरेसँगै अक्टोबरबाट सर्वसाधारणलाई खोप लगाउने योजना बनाएको छ । रुसी स्वास्थ्यमन्त्री मिखायल मुरास्कोले खोप रुसी जनतालाई लगाउने योजना खुलाएका हुन् ।रुसी समाचार संस्था तासका अनुसार जनसाधारणका लागि खोप निःशुल्क उपलब्ध हुनेछ ।
मन्त्री मुरास्कोले खोप लगाउनका लागि केही नयाँ प्रणाली विकास गर्नुपर्ने भएकाले अक्टोबरमा मात्र खोपको कार्यक्रम रहने बताएका छन् । स्वास्थ्यकर्मी र कोभिड १९ विरुद्ध अग्रपंक्तिमा रहेकाका लागि भ्याक्सिन यसै महिनाभित्र प्रयोगमा ल्याइनेछ ।यसअघि रुसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादन गर्नेतर्फ लागेको खुलेको थियो । उसले कोरोना भाइरसविरुद्धको भ्याक्सिनको क्लिनिकल परीक्षण सकेको घोषणा गरेको थियो । रुसी स्वास्थ्य मन्त्री मिखायल मुरास्कोले हिजो औपचारिक रुपमा यसबारे जानकारी दिएका थिए ।
गामेलिया साइन्टिफिक रिसर्च इन्स्टिच्युट अफ इपिडिमिलोजी एन्ड माइक्रोबायोलोजीद्वारा विकास गरिएको भ्याक्सिनको क्लिनिकल परीक्षण सकिएसँगै यसको वैधानिक दर्ता प्रक्रिया बढाइएको मन्त्री मुरास्कोले बताएका थिए ।
रुसले अन्य प्रतिष्पर्धी देशका कम्पनिलाई पछि पारेर भ्याक्सिन विकासमा बाजी मारेको छ । सँसारभर क्लिनिकल परीक्षणमा सबैभन्दा अगाडि चारवटा कम्पनि रहेकोमा गेमिली पनि हो । गामेलियाबाहेक युरोपको अक्सफोर्ड आस्ट्राजेनेका, अमेरिकाको मोर्डना र पिफिजर कोरोना खोप विकासको दौडमा अगाडि छन् । एजेन्सी
प्रकाशित मिति: आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६
