जनस्वास्थ्य सरोकार, नयाँदल्ली । कोरोना भाइरस संक्रमणका कारण भारतमा एक प्रदेश मन्त्रीको मृत्यु भएको छ । कोरोना संक्रमणबाट उत्तर प्रदेश मन्त्रिपरिषदकी मन्त्री कमला रानी वरुणको निधन भएको बीबीसी हिन्दीले जनाएको छ । उनलाई गत जुलाई १८ तारिख कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसपछि मन्त्री कमलालाई लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो । तर उपचारकै क्रममा आइतबार बिहान उनको निधन भएको बीबीसी हिन्दीले लेखेको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले मन्त्री कमलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । यसैकारण उनले आइतबार अयोध्या जाने कार्यक्रम समेत स्थगन गरेका छन् ।
कमला उत्तर प्रदेश (यूपी) सरकारकी शिक्षामन्त्री थिइन् । सन् २०१७ मा भारतीय जनता पार्टीले उनलाई कानपुरको घाटमपुरबाट निर्वाचनमा उम्मेदवार बनाएको थियो । उनी त्यहाँबाट जित्ने पार्टीको पहिलो विधायक बनेकी थिइन् । त्यसपछि गत वर्ष मात्र उनलाई मन्त्री बनाइएको थियो ।
प्रकाशित मिति: आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६
