जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्व स्वास्थ्य संगठन डव्लुएचओले कोरोना भाइरसको अचुक औषधी मिल्न सक्ने सम्भावना न्युन रहेको जनाएको छ । डब्ल्युएचओका प्रमुख डा.टेड्रोस एडोनोम गेब्रिएसले कोरोना भाइरसको भ्याक्सिन बन्ने सम्भावना भएपनि औषधी बन्ने सम्भावना भने नरहेको बताउनुभएको छ ।
यसअघि पनि उहाँले कोरोना भाइरस कहिलेपनि समाप्त नहुने भन्दै यसविरुद्ध लड्नुको विकल्प नभएको प्रतिक्रिया दिनुभएको थियो । मौसम परिवर्तन संगै कोरोना भाइरस परिवर्तन नहुने भन्दै उहाँले विश्वका जनताले कोरोनासंग जुध्ने बाहेक कुनै उपाय नभएको बताउनुभएको हो ।
कोरोना भाइसर विरुद्धको भ्याक्सिन निर्माणको क्रम भने तेश्रो चरणमा पुगेको भन्दै भ्याक्सिन प्रभावकारी सावित हुने दावी गर्नुभयो । कोरानाबाट बच्न सामाजिक दुरी, पटक पटक साबुन पानीले हात धुने र मास्क लगाउनाले कोरोनाको संक्रमणबाट टाढै रहने निश्चित भएकोले सबैलाई सावधानी अपनाउन डा.टेड्रोसले विश्वभरका जनतालाई अपील गर्नुभएको छ ।
विश्वभर हाल कोरोना संक्रमितको संख्या १ करोड ८४ लाख ४३ हजार नाघिसकेको छ भने मृतकको संख्या ६ लाख ९७ हजार बढी रहेको छ । एजेन्सी
प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६
