जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोनाभाइरस संक्रमण भएका नेपाली काङ्ग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवासचन्द्र गिरीको मृत्यु भएको छ। ३७ वर्षीय गिरीको ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार उनको मंगलबार बिहान ७ बजे मृत्यु भएको हो। केही समयअघि गिरीको पेटको शल्यक्रिया भएको थियो। तर, स्वास्थ्य समस्या भएपछि उनी गएको ३० साउनमा पाटन अस्पताल भर्ना भएका थिए।
शाक्यका अनुसार पाटन अस्पताल भर्ना हुँदा उनको स्वास्थ्य अवस्था जटिल भइसकेको थियो। उनको पाटन अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको थियो।
प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६

