जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट धरान र हेटौंडामा थप दुई जनाको मृत्यु भएको छ। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सुनसरीका ७१ वर्षीया बृद्धाको बुधबार मृत्यु भएको हो। उनको उपचारका क्रममा आज बिहान ११ः१५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले बताए।
उनी साउत २४ गते अस्पताल भर्ना भएकी थिइन्। उनलाई खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या र ज्वरो आएको थियो। त्यस्तै, गएराति मृत्यु भएकी हेटौंडा उपमहानगरपालिका १ चौकीटोलकी ६१ वर्षीया वृद्धामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। बुधबार आएको कोरोना परीक्षण रिपोर्टमा पोजिटिभ देखिएको हेटौंडा अस्पतालका आइसोलेसन वार्ड प्रमुख भोला चौलागाईले बताए।
उनलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका क्रममै मंगलबार राति मृत्यु भएको थियो।
प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६

