जनस्वास्थ्य सरोकार, काठमाडौँ । मनमाहेन कार्डियोलोजी अस्पतालका मुटु शल्यचिकित्सक डा. अनिल भट्टराईले घरका युवाले सकेसम्म दीर्घरोगी र ज्येष्ठ नागरिकसँग दूरी राख्नुपर्ने बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उहाँले घरमा कोही दीर्घरोगी भएमा सकेसम्म उहाँहरुलाई छुट्टै कोठाको व्यवस्था गर्न सल्लाह दिनुभयो ।
घर बाहिर निस्कने युवाले नियमित औषधी खाइरहेका दीर्घरोगीसँग सकेसम्म नजिक नजान र घुलमिल हुन नहुने उहाँको भनाइ छ । अहिले नेपालमा सङ्क्रमण युवाबाट सरिरहेकाले उनीहरुले बालबालिका र बृद्धासँग टाढा बस्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सम्भव भएसम्म छुट्टै बाथरुम र छुटै कोठाको व्यवस्था गर्नुपर्छ ।”विभिन्न किसीमका मुटुरोगीलाई आफूले खाइरहेको औषधीलाई निरन्तरता दिन पनि डा भट्टराईले अनुरोध गर्नुभयो । अहिलेको समयमा चिकित्सकसम्म जान सजिलो नभएकाले खाइरहेकै औषधीलाई निरन्तरता दिनुपर्ने उहाँको सल्लाह छ । उहाँले भन्नुभयो, “सकेसम्म दुईतीन महिनालाई औषधी व्यवस्था गर्नु राम्रो हुन्छ ।”
अस्पतालले शल्यक्रिया गर्नुपर्ने बिरामीको पिसिआर परीक्षण गर्ने गरेको डा भट्टराईले बताउनुभयो । उहाँका अनुसार कुनै बिरामीको आकस्मिक रुपमा शल्यक्रिया गर्नुपर्दा मात्रै परीक्षण नगरी हुने गर्छ । आफूले केही समय पहिले नसा पूरै काटिएको व्यक्तिको परीक्षण नै नगरी शल्यक्रिया गरेको उहाँले अनुभव सुनाउनुभयो । “त्यो व्यक्तिको शल्यक्रिया सफल भएको थियो र कोरोना सङ्क्रमण पनि पाइएन”, उहाँले भन्नुभयो, “शल्यक्रियामा सहभागिले पूरै पिपिई लगाइन्छ भने बिरामीको पनि त्यसपछि परीक्षण गरिन्छ ।”उहाँले कोभिडबिरुद्धको माहामारी सबैको भएकाले सबै मिलेर यसलाई जित्न लाग्नुपर्नेमा जोड दिनुभयो । यसको उपचारमा खटिएका आमनागरिकले चिकित्शक, नर्स र स्वास्थ्यकर्मीलाई सहानुभुति राख्नुपर्ने उहाँले बताउनुभयो । धेरै स्वास्थ्यकर्मीले जोखिम मोलेर पनि उपचार गरिरहकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कतिपय डाक्टर नर्सको घर भनेरै तर्सिएको पनि पाइन्छ ।” सबै नागरिकले स्वास्थ्य सावधानीका उपाय अपनाउनुपर्नेमा डा। भट्टराईको जोड छ । भीडभाडमा सकेसम्म नजान र जानुपर्दा माक्स र सेनेटाइजरको प्रयोग गर्न उहाँले सबैलाई अनुरोध गर्नुभयो । लामो समयसम्म कार्यालयमा बस्ने र भीडमा जानुपर्नै पेशामा व्यक्तिले घर छिर्दा लुगा बाहिर खोल्ने र हातखुटा धोएर मात्रै भित्र पस्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आवश्यक सबै सुरक्षाका उपाय अपनाउन सके मात्रै यसबाट अरुलाई रोग सार्नबाट बचाउन सकिन्छ ।” उहाँले घरमा बसिरहेकाले स्वस्थ खानपानमा ध्यान दिनुपर्ने बताउनुभयो । नुन र चिनिको मात्रा कम गरेर हरियो तरकारी र सागसब्जीको मात्राम बढाउनुपर्नै उहाँको सल्लाह छ । रासस
प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि आह्वान गरिएको दरखास्त रद्द
मंगलबार, असार ३०, २०८३
बीपी प्रतिष्ठानकी नवनियुक्त उपकुलपति प्रा.डा. स्मृति कार्कीद्वारा पदभार ग्रहण
मंगलबार, असार ३०, २०८३
स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको सांसद तामाङको टिप्पणी
मंगलबार, असार ३०, २०८३
गर्मीयाममा स्वस्थ रहन अपनाउनुपर्ने ७ प्रभावकारी उपाय
मंगलबार, असार ३०, २०८३
कर्णालीमा निःशुल्क मृर्गौला प्रत्यारोपण
मंगलबार, असार ३०, २०८३ट्रेन्डिङ
