जनस्वास्थ्य सरोकार, काठमाडौं। नेपाल मेडिकल काउन्सिलले लाइसेन्स परीक्षा पुनः स्थगित गरेको छ। काउन्सिलले विज्ञप्ति जारी गरि भदौ ७ गतेदेखि हुने भनिएको लाइसेन्स परीक्षा स्थगित गरेको जनाएको छ।
कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा लकडाउन तथा निषेधाज्ञा जारी गरेको अवस्थामा परीक्षा संचालन गर्न नसकिने भएकाले स्थगित गरिएको जनाएको छ।
यसअघि गत चैतमा तोकिएको लाइसेन्स परीक्षा पनि सरकारले लकडाउन घोषणा गरेपछि स्थगित गरिएको थियो। स्थिति सामान्य भएलगत्तै परीक्षाका लागि अर्को सूचना जारी गरिने काउन्सिलले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६

