जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७०७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २६४ जना संक्रमित डिस्चार्ज भएका छन् । आजको थप अपडेटसँगै संक्रमणमुक्त भइ फर्किनेको संख्या १७ हजार ९६४ पुगेको छ ।
आज क्वारेन्टिनमा ११ हजार ७६८ जना रहेका छन् । ११ हजार ५५५ सक्रिय संक्रमितको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ८३२ जनाको पीसीआर परीक्षण भएको छ ।
संक्रमितमध्ये उपत्यकामा मात्रै २ सय जना रहेका छन् । काठमाडौंका १७४, भक्तपुरका ८ र ललितपुरका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवत्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार वितेको २४ घण्टामा कोरोनासंक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । यो संगै मृत्युहुनेको संख्या १२६ पुगेका छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६

