जनस्वास्थ्य सरोकार, जाजरकोट । स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा सर्पको टोकाइबाट बच्ने भ्याक्सिन नहुँदा समस्य भएको छ । सर्पको जोखिममा रहेको जाजरकोटमा लामो समयदेखि ‘एन्टि स्नेक भेनम’ नहुँदा बिरामीलाई उपचारमा समस्य भएको हो ।
भ्याक्सिन नभएका कारण उपचारमा आएका बिरामी रुकुम पश्चिमको चौरजहारीस्थित मिसन अस्पतालमा जानु परेको भेरी नगरपालिका–२ का प्रकाश शाहीले जानकारी दिनुभयो । अघिल्लो वर्षको भ्याक्सिन बाँकी रहेकोमा सो भ्याक्सिन पनि केही महिना अगाडि म्याद गुज्रेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख सुनील पुनले जानकारी दिनुभयो । बिरामी आउने क्रम शुरु भएकाले अब भ्याक्सिन प्रदेशबाट मगाउने तयारी भएको उहाँले बताउनुभयो ।पहाडी जिल्लामा बिशालु सर्पहरु कम पाइने भएकाले भ्याक्सिन माग पनि कम हुने गरेको डाक्टर पुनले बताउनुभयो । जाजरकोटमा वर्षा याममा सर्पले डस्ने समस्या रहेको अस्पतालले जनाएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६

