जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा विगत २४ घण्टामा कोभिड १९ बाट आठ जनाको मृत्यु भएको छ । यो सँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या १४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।
यसैगरी विगत २४ घण्टामा ६३४ जना नयाँ सङ्क्रमित पुष्टि भएका छन् । हाल कुल कुल सङ्क्रमितहरूको सङ्ख्या ३१ हजार ११७ पुगेको छ। मुलुकभर १२ हजार ६२१ जनामा सक्रिय सङ्क्रमण रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराउनुभएको छ । अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन् । सक्रिय सङ्क्रमितमध्ये सबै १२ जना सघन उपचार कक्षमा रहेको र ती सबै वाग्मती प्रदेशको भएको मन्त्रालयले जनाएको छ।
यसैगरी विगत २४ घण्टामा १२,५१९ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। सोही अवधिमा १३६ जना कोभिड १९ निको भई घर फर्किएका छन् । अहिलेसम्म १८,३५० सङ्क्रमित निको भएका छन्। निको हुने सङ्क्रमितको सङ्ख्या ५९ प्रतिशत छ। मुलुकभर क्वारन्टीनमा ११, ६५८ जना छन्। हाल मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाण्डूमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।तर मयाग्दी, मुस्ताङ, र हुम्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ।
प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६

