जनस्वास्थ्य सरोकार काठमाडौँ । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ३३ लाख नाघेको छ । नेपाली समय आइतबार १२:३० बजे सम्म विश्वभरीमा दुई करोड ३३ लाख ८३ हजार ४७२ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये हालसम्म एक करोड ५९ लाख १० हजार ३७१ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६६ लाख ६४ हजार ३८६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६१ हजार ६६२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ८ लाख ८ हजार ७१५ व्यक्तिको मृत्यु भएको छ ।चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ । पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ५८ लाख ४१ हजार ४२८ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या एक लाख ८० हजार १७४ पुगेको छ । स्रोत : वर्ल्डोमीटर https://www.worldometers.info/coronavirus/
प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६

