जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा बारा र पर्सामा थप एक सय ५६ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार राती नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाराका ११ र पर्सामा एक सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नारायणी अस्पतालका डा. उदय नारायण सिंहले नेपाली सेना, सशस्त्र प्रहरी, चिकित्सकसहित १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
संक्रमित हुनेहरुमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी, भवानी हस्पिटल, नेशनल मेडिकल कलेजका स्वास्थ्यकर्मी रहेका छन् ।
योसँगै पर्सामा हालसम्म संक्रमित हुनेको संख्या एक हजार नौ सय ३५ पुगेको छ । पर्सामा कोरोनाबाट २८ जनाले ज्यान गुमाएका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६

