जनस्वास्थ्य सरोकार, भक्तपुर। भक्तपुरको दुधपाटीमा रहेको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डायलाइसिस गराउन आएका एकजना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । दुबै मिर्गौला फेल भएपछि प्रत्यारोपण गर्न डायलाइसिस गराउँदै आएका रुपन्देहीको बुटवलका एकजना ५२ वर्षीय पुरुषको ज्यान गएको केन्द्रका प्रमुख डा. प्रेम ज्ञवालीले जानकारी दिनुभयो ।
डा. ज्ञवालीका अनुसार प्रत्यारोपण केन्द्रमा पुगेका उनको डायलाइसिस नै गर्न नपाइ मृत्यु भएको हो । उनी आफन्त सहित हिजो दिउँसो अस्पताल पुगेका थिए । यसअघि नै उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गरेर पशुपतिस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरेको छ ।
यसैबीच अस्पताल भक्तपुरमा उपचारको क्रममा एक पुरुषको निधन भएको छ । पाँचथर मिग्लाजुङग गाउपालीका १ घर भई हाल चागुनारायण नगरपालिका ९ बस्ने बर्ष ४७ को नरेन्द्र राईको उपचारका क्रममा मृत्यु भएको हो ।
तर उनको स्वाब परिक्षण गर्दा पीसीआ नेगेटिभ आएकाले शव आफन्तले बुझेर लगेको वीर दल गण सुर्यबिनायकका प्रमुख शिवप्रसाद पौडेलले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६

