नेभिगेशन

नारायणी अस्पतालमा मृत्यु भएका ६८ वर्षीय पुरुषमा कोरोना पुष्टि

जनस्वास्थ्य सरोकार, वीरगन्ज । नारायणी अस्थायी कोरोना अस्पतालमा दुई दिन अगाडि मृत्यु भएका पर्साका ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साको जिराभवानी गाउँपालिका–४ निवासी ती वृद्धको उपचारको क्रममा आइतबार राति १० बजेर १० मिनेटमा मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । कुनै ट्राभल हिस्ट्री नरहेको ती पुरुष मुटु रोगी थिए । पछिल्लो समयमा उनमा निमोनिया र खोकी देखिएको थियो । स्वास्थ्य बिग्रिएपछि आइतबार राति करिब साढे ९ बजेको समयमा उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट